१३ बैशाख २०८१, बिहिबार

नेपालमा पछिल्लो २४ घण्टामा थप २१११ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २१११ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख २० हजार २७२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९२८९ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १७ लाख ६३ हजार ९१९ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १५७६६ जना आइसोलेसनमा रहेकामध्ये ५४९५ संस्थागत आइसोलेसनमा र १०२७१ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५७६ जना रहेका छन् ।

१३४३ जना कोरोना संक्रमितमध्ये ८०९ जना पुरुषहरु र ५३४ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ५६१ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ३११ जना पुरुषहरु र २५० जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ४५५ जना, ललितपुर जिल्लाका ८० जना र भक्तपुर जिल्लाका २६ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १३४३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५५८ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५५१ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा पछिल्लो २४ घण्टामा थप १५६७ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !