४ बैशाख २०८१, मंगलबार

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ९४७ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा ६९२ जनासहित ९४७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका ६९२ जना, ललितपुर जिल्लाका १९० जना र भक्तपुर जिल्लाका ६५ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौँ उपत्यकामा हिजो १००७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०८४३ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १६ लाख ८१ हजार २९९ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १७८५९ जना आइसोलेसनमा रहेकामध्ये ११३४१ संस्थागत आइसोलेसनमा र ६५१८ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६२७ जना रहेका छन् ।

१७९० जना कोरोना संक्रमितमध्ये १०६९ जना पुरुषहरु र ७२१ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ६९२ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ५३७ जना पुरुषहरु र ४१० जना महिलाहरु रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण नयाँ १७९० जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा २७९१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ४ हजार ८५८ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३६१ पुगेको पुष्टि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !