७ बैशाख २०८१, शुक्रबार

२४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १३२१ पुग्यो


मृत्यु प्रतीकात्मक तस्वीर

काठमाडौँ । पछिल्लो २४ घण्टामा आइतबार कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १६ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८०३२ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १६ लाख ६० हजार ७५ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १९९६३ जना आइसोलेसनमा रहेकामध्ये ६३५१ संस्थागत आइसोलेसनमा र १३६१२ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६८६ जना रहेका छन् ।

१६६९ जना कोरोना संक्रमितमध्ये १०१४ जना पुरुषहरु र ६५५ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ५४२ जना पुरुषहरु र ४१५ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ७७३ जना, ललितपुर जिल्लाका १३१ जना र भक्तपुर जिल्लाका ५३ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा आइतबार थप १ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा २३२३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १ लाख ९३ हजार ३२५ जना पुगेको छ । 

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या १३ सय नाघ्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !