३ असार २०८१, आइतबार

काठमाडौँ उपत्यकामा आज ३३९ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं उपत्यका

काठमाडौँ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा २८९ जनासहित ३३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका २८९ जना, ललितपुर जिल्लाका ३८ जना र भक्तपुर जिल्लाका १२ जनामा कोरोना संक्रमण देखिएको छ ।  काठमाडौँ उपत्यकामा हिजो ५०१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३११२ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १६ लाख १७ हजार २३ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३०९८६ जना आइसोलेसनमा रहेकामध्ये २७७९ संस्थागत आइसोलेसनमा र २८२०७ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा १०१३ जना रहेका छन् ।

५०२ जना कोरोना संक्रमितमध्ये २९८ जना पुरुषहरु र २०४ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये १९३ जना पुरुषहरु र १४६ जना महिलाहरु रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ ५०२ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा २८७८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १ लाख ७९ हजार २४१ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२४७ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौँ उपत्यकामा आज ५०१ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !