३ असार २०८१, आइतबार

काठमाडौँ उपत्यकामा आज ५०१ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं उपत्यका

काठमाडौँ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा ३७३ जनासहित ५०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका ३७३ जना, ललितपुर जिल्लाका ८४ जना र भक्तपुर जिल्लाका ४४ जनामा कोरोना संक्रमण देखिएको छ ।  काठमाडौँ उपत्यकामा हिजो ८०७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८३२ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १६ लाख १३ हजार ९११ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३३३७९ जना आइसोलेसनमा रहेकामध्ये ५०१९ संस्थागत आइसोलेसनमा र २८३६० जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा १०१३ जना रहेका छन् ।

११९७ जना कोरोना संक्रमितमध्ये ७३५ जना पुरुषहरु र ४६२ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ५०१ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये २८९ जना पुरुषहरु र २१२ जना महिलाहरु रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ ११९७ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा २९३४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १ लाख ७६ हजार ३६४ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२३० पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौँ उपत्यकामा आज ८०७ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !