३ असार २०८१, आइतबार

काठमाडौँ उपत्यकामा आज ८०७ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं उपत्यका

काठमाडौँ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा ६३२ जनासहित ८०७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका ६३२ जना, ललितपुर जिल्लाका १३३ जना र भक्तपुर जिल्लाका ४२ जनामा कोरोना संक्रमण देखिएको छ ।  काठमाडौँ उपत्यकामा हिजो ८३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६४७६ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १६ लाख ९ हजार ७९ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३५१२५ जना आइसोलेसनमा रहेकामध्ये ६६७६ संस्थागत आइसोलेसनमा र २८४४९ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा १०२१ जना रहेका छन् ।

१४७७ जना कोरोना संक्रमितमध्ये ९१२ जना पुरुषहरु र ५६५ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ८०७ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ४५५ जना पुरुषहरु र ३५२ जना महिलाहरु रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ १४७७ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको छ ।नेपालमा पछिल्लो २४ घण्टामा २७९८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १ लाख ७३ हजार ४३० पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२२१ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौँ उपत्यकामा आज ८३५ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !