१३ आश्विन २०८१, आइतबार

नेपालमा संक्रमितको संख्या २ लाख ६ हजार नाघ्यो, आज थपिए नयाँ २१११ संक्रमित


कोरोना भाइरस

काठमाडौँ, कार्तिक २८ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २१११ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९५३३ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १५ लाख ९३ हजार ८५० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३७०२२ जना आइसोलेसनमा रहेकामध्ये ७९७३ जना संस्थागत आइसोलेसन र २९०४९ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ९८६ जना रहेका छन् ।

२१११ जना कोरोना संक्रमितमध्ये १२५७ जना पुरुषहरु र ८५४ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ६८१ जना पुरुषहरु र ५२६ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ९१९ जना, ललितपुर जिल्लाका १८० जना र भक्तपुर जिल्लाका १०८ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ३५३७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १ लाख ६८ हजार १२९ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२०२ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या २ लाख ४ हजार नाघ्यो, आज थपिए नयाँ १९१३ कोरोना संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !