७ बैशाख २०८१, शुक्रबार

काठमाडौँमा ९१९ सहित उपत्यकामा आज १२०७ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं उपत्यका

काठमाडौँ, कार्तिक २८ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा ९१९ जनासहित १२०७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका ९१९ जना, ललितपुर जिल्लाका १८० जना र भक्तपुर जिल्लाका १०८ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै काठमाडौंमा ७७ हजार ३, भक्तपुरमा ६ हजार ९५६ र ललितपुरमा ११ हजार ५७ जना संक्रमित पुगेको छ ।

सक्रिय संक्रमितहरुमा काठमाडौंमा १६ हजार ४४१, ललितपुरमा २ हजार ४३१ र भक्तपुरमा १ हजार २६७ जना पुग्गेको छ । त्यस्तै कोरोनावाट निको हुनेहरुमा काठमाडौँमा ६० हजार २६६ जना, ललितपुरमा ८ हजार ५३७ र भक्तपुरमा ५ हजार ६१३ जना पुगेको छ ।

हिजो काठमाडौं उपत्यकामा ९७३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म काठमाडौंमा २९६, भक्तपुरमा ७६ र ललितपुरमा ८१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९५३३ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १५ लाख ९३ हजार ८५० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३७०२२ जना आइसोलेसनमा रहेकामध्ये ७९७३ जना संस्थागत आइसोलेसन र २९०४९ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ९८६ जना रहेका छन् ।

२१११ जना कोरोना संक्रमितमध्ये १२५७ जना पुरुषहरु र ८५४ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ६८१ जना पुरुषहरु र ५२६ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ९१९ जना, ललितपुर जिल्लाका १८० जना र भक्तपुर जिल्लाका १०८ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ २१११ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ ।नेपालमा पछिल्लो २४ घण्टामा ३५३७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १ लाख ६८ हजार १२९ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२०२ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौँमा ७६४ सहित उपत्यकामा आज ९७३ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !