१५ बैशाख २०८१, शनिबार

नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, मृतकको संख्या १२ सय नाघ्यो


मृत्यु

काठमाडौँ, कार्तिक २८ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२०२ पुगेको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९५३३ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १५ लाख ९३ हजार ८५० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३७०२२ जना आइसोलेसनमा रहेकामध्ये ७९७३ जना संस्थागत आइसोलेसन र २९०४९ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ९८६ जना रहेका छन् ।

२१११ जना कोरोना संक्रमितमध्ये १२५७ जना पुरुषहरु र ८५४ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ६८१ जना पुरुषहरु र ५२६ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ९१९ जना, ललितपुर जिल्लाका १८० जना र भक्तपुर जिल्लाका १०८ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ २१११ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३५३७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १ लाख ६८ हजार १२९ पुगेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, मृतकको संख्या ११८९ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !