६ बैशाख २०८१, बिहिबार

नेपालमा कोरोना जित्नेको संख्या १ लाख ६८ हजार नाघ्यो, थप ३५३७ जना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

२८ कात्तिक, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३५३७ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १ लाख ६८ हजार १२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९५३३ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १५ लाख ९३ हजार ८५० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३७०२२ जना आइसोलेसनमा रहेकामध्ये ७९७३ जना संस्थागत आइसोलेसन र २९०४९ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ९८६ जना रहेका छन् ।

२१११ जना कोरोना संक्रमितमध्ये १२५७ जना पुरुषहरु र ८५४ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ६८१ जना पुरुषहरु र ५२६ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ९१९ जना, ललितपुर जिल्लाका १८० जना र भक्तपुर जिल्लाका १०८ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ २१११ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२०२ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या १ लाख ६४ हजार नाघ्यो, थप २३४९ जना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !