१४ बैशाख २०८१, शुक्रबार

काठमाडौँमा १२४२ सहित उपत्यकामा आज १४६८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ महानगरपालिका

काठमाडौँ, कार्तिक १८ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा १३६२ जनासहित १४६८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका १२४२ जना, ललितपुर जिल्लाका १६३ जना र भक्तपुर जिल्लाका ६३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै काठमाडौंमा ६५ हजार ७ सय ८८, भक्तपुरमा ५ हजार ९ सय ६६ र ललितपुरमा ९ हजार ३ सय १४ जना संक्रमित पुगेको छ।

सक्रिय संक्रमितहरुमा काठमाडौंमा १५ हजार ८६३, ललितपुरमा १ हजार १९ र भक्तपुरमा २ हजार २६४ जना पुग्गेको छ । त्यस्तै कोरोनावाट निको हुनेहरुमा काठमाडौँमा ४९ हजार ६७६ जना, ललितपुरमा ४ हजार ८७९ र भक्तपुरमा ६ हजार ९८७ जना पुगेको छ ।

हिजो काठमाडौं उपत्यकामा १६३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म काठमाडौंमा २४९, भक्तपुरमा ६८ र ललितपुरमा ६३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १११६६ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १४ लाख ८० हजार ९७८ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३७४७६ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा १२७७ जना रहेका छन् ।

३११४ जना कोरोना संक्रमितमध्ये १८६७ जना पुरुषहरु र १२४७ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १४६८ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ८१९ जना पुरुषहरु र ६४९ जना महिलाहरु रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ ३११४ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७९६१४ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३१४२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १४११३४ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १००४ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्
काठमाडौँमा १३२९ सहित उपत्यकामा आज १६३० जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु