६ बैशाख २०८१, बिहिबार

काठमाडौँमा १३२९ सहित उपत्यकामा आज १६३० जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं उपत्यका

काठमाडौँ, कार्तिक १७ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा १३६२ जनासहित १६३० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका १३२९ जना, ललितपुर जिल्लाका १९३ जना र भक्तपुर जिल्लाका १०८ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा १६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३४४६ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १४ लाख ६९ हजार ८१२ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३७५२४ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा २११९ जना रहेका छन् ।

२९३३ जना कोरोना संक्रमितमध्ये १७५७ जना पुरुषहरु र ११७६ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १६३० जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ९२८ जना पुरुषहरु र ७०२ जना महिलाहरु रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ २९३३ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७६५०० पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३१५० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १३७९९२ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्
काठमाडौँमा १३६२ सहित उपत्यकामा आज १६२२ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !