१३ बैशाख २०८१, बिहिबार

नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु, मृतकको संख्या १ हजार नाघ्यो


मृत्यु

काठमाडौँ, कार्तिक १८ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २० जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १००४ पुगेको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो । हिजो नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १११६६ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १४ लाख ८० हजार ९७८ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३७४७६ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा १२७७ जना रहेका छन् ।

३११४ जना कोरोना संक्रमितमध्ये १८६७ जना पुरुषहरु र १२४७ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १४६८ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ८१९ जना पुरुषहरु र ६४९ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका १२४२ जना, ललितपुर जिल्लाका १६३ जना र भक्तपुर जिल्लाका ६३ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ ३११४ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७९६१४ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३१४२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १४११३४ पुगेको छ ।

यो पनि पढ्नुहोस्
नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु, मृतकको संख्या ९८४ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !