काठमाडौँ, कार्तिक १६ । नेपालमा पछिल्लो २४ घण्टामा ३६२० जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १३४८४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३०२३ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १४ लाख ५६ हजार ३६६ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३७७६५ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा २३८६ जना रहेका छन् ।
२८२४ जना कोरोना संक्रमितमध्ये १७७८ जना पुरुषहरु र १०४६ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १६२२ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ९८५ जना पुरुषहरु र ६३७ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका १३६२ जना, ललितपुर जिल्लाका १६४ जना र भक्तपुर जिल्लाका ९६ जनामा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा आज कोरोना संक्रमण नयाँ २८२४ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७३५६७ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६० पुगेको पुष्टि भएको छ ।