८ बैशाख २०८१, शनिबार

नेपालमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु, मृतकको संख्या ९६० पुग्यो


मृत्यु प्रतीकात्मक तस्वीर

काठमाडौँ, कार्तिक १६ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २३ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६० पुगेको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो । हिजो नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३०२३ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १४ लाख ५६ हजार ३६६ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३७७६५ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा २३८६ जना रहेका छन् ।

२८२४ जना कोरोना संक्रमितमध्ये १७७८ जना पुरुषहरु र १०४६ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १६२२ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ९८५ जना पुरुषहरु र ६३७ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका १३६२ जना, ललितपुर जिल्लाका १६४ जना र भक्तपुर जिल्लाका ९६ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ २८२४ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७३५६७ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३६२० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १३४८४२ पुगेको छ ।

यो पनि पढ्नुहोस्
नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या ९३७ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !