६ बैशाख २०८१, बिहिबार

काठमाडौँमा १३६२ सहित उपत्यकामा आज १६२२ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं उपत्यका

काठमाडौँ, कार्तिक १६ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा १३६२ जनासहित १६२२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका १३६२ जना, ललितपुर जिल्लाका १६४ जना र भक्तपुर जिल्लाका ९६ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा १३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३०२३ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १४ लाख ५६ हजार ३६६ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३७७६५ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा २३८६ जना रहेका छन् ।

२८२४ जना कोरोना संक्रमितमध्ये १७७८ जना पुरुषहरु र १०४६ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १६२२ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ९८५ जना पुरुषहरु र ६३७ जना महिलाहरु रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ २८२४ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७३५६७ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३६२० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १३४८४२ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६० पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्
काठमाडौँमा १११३ सहित उपत्यकामा आज १३५७ जनामा कोरोना संक्रमण पुष्टि

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !