काठमाडौँ, कार्तिक १४ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३५१७ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६८२३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४९८९ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १४ लाख ३४ हजार ५३ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३८३५७ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा २६६६ जना रहेका छन् ।
३५१७ जना कोरोना संक्रमितमध्ये २१५६ जना पुरुषहरु र १३६१ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १८८८ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ११०७ जना पुरुषहरु र ७८१ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका १५०८ जना, ललितपुर जिल्लाका २४९ जना र भक्तपुर जिल्लाका १३१ जनामा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ४०९६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १२८९५८ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको पुष्टि भएको छ ।