१३ बैशाख २०८१, बिहिबार

बरिष्ट चर्चित हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण


मनोज गजुरेल

काठमाडौँ, कार्तिक १० । बरिष्ट हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सामाजिक संजाल फेसबुकमार्फत उनले आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

उनका अनुसार अघिल्लो हप्ता दाजुलाई अस्पताल लैजाने-ल्याउने गरेकोमा गत बिहिबार सामान्य टाउको दुखेर उनमा शुक्रबार ९८° ज्वरो देखिएको र शनिबार ढाडको दुखाई महसुस गरेपछि हिजो स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा आज राती रिपोर्ट पोजेटिभ आएको उनले बताएका छन् ।

उनी बिहिबारदेखि नै आईसोलेसनमा बसेका छन् भने उनका छोरा र छोरीहरुलाई कोरोनाको कुनै लक्षण नभएको पनि बताएका छन् । उनका दाजु र उनलाई कोरोना पोजेटिभ देखिएकोले सेल्फ आईसोलेसनको कडा नियम पालना सहित घरेलु उपचारमा रहेको पनि जानकारी दिएका छन् । उनलाई अहिले गार्हो हुने खालका कुनै लक्षण नभएको भएपनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन दिएका छन् ।

कोरोना संक्रमणबाट बँच्न सुरक्षाका सम्पुर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ भनेर उनले आफ्नो अनुभव सेयर गरेका छन् । आफू सचेत रहन, अरुलाई सुरक्षित रहन तथा ‘पोजिटिभ’ देखिई हालेमा पनि नआत्तिन, बिश्वासिलो चिकित्सकको सम्पर्कमा रहन सर्वसाधारणलाई अनुरोध समेत गरेका छन् ।

उनी पनि जनस्वास्थ्य विज्ञ तथा सामाजिक अभियन्ता डा. रविन्द्र पाण्डेको सुझाव, सल्लाह र ‘कोभिड उपचार गाईडलाईन’मा रहेको बताएका छन् । उनले आफ्नो शरीरमा प्रबेश गरेको यो कोरोना भाइरसले आफ्नो शारिरिक, मानसिक र आध्यात्मिक उर्जा भन्दा बलियो पक्कै नभएको विश्वास पनि व्यक्त गरेका छन् । त्यसैले उनले यो भाइरसलाई आफ्नो शक्तिशाली रोग प्रतिरोधक प्रणालीले परास्त गरेरै छाड्ने आत्मविश्वास पनि प्रकट व्यक्त गरेका छन् । सवै शुभचिन्तकहरुको शुभकामनाले त मेराे शरीरको जीत र भाइरसको हार झन् चाँडाे हुनेछ भनेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !