८ बैशाख २०८१, शनिबार

कैलालीका ११ सहित सुदूरपश्चिममा थप १२ जनामा कोरोना पुष्टि


कैलाली धनगढी उपमहानगरपालिका

धनगढी, कार्तिक ९ । कैलाली जिल्लाका ११ जनासहित सुदूरपश्चिम प्रदेशका थप १२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह २ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार ७ जना महिलाहरु र ५ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २०४ जनाको कोरोना परीक्षण गर्दा कैलालीका ११ जना र कंचनपुरका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

धनगढीका थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएकामध्ये वडा नम्बर १ का २ जना पुरुषहरु, वडा नम्बर २ का १ जना पुरुष, वडा नम्बर ३ का २ जना पुरुषहरु, वडा नम्बर ४ का ४ जना महिलाहरु र १ जना पुरुष गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर १० का १ जना पुरुष र स्थानीय तह नखुलेका कञ्चनपुरका १ जना महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।

कैलालीका ११ सहित सुदूरपश्चिममा थप १२ जनामा कोरोना पुष्टि

यो पनि पढ्नुहोस्
कैलालीका ४४ सहित सुदूरपश्चिममा थप ५१ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !