३० कार्तिक २०८१, शुक्रबार

नेपालमा कोरोना जित्नेको संख्या १ लाख २ हजार नाघ्यो, थप ३ हजार २१५ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ, कार्तिक ६ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २१५ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १ लाख २ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १५२५५ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १३ लाख ५० हजार १५१ पीसीआर परीक्षण गरिसकिएको छ ।

सक्रिय संक्रमितको संख्या ४४४७६ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा १३३३९ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ३१५३८ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ३७५१ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज १५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १२८३ जना, ललितपुर जिल्लाका १५७ जना र भक्तपुर जिल्लाका ११२ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ ३६३७ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४८५०९ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको पुष्टि भएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !