रुपन्देहीमा थप १ जना कोरोना संक्रमित महिलाको मृत्यु Nepalpatra रुपन्देहीमा थप १ जना कोरोना संक्रमित महिलाको मृत्यु
४ कार्तिक २०७८, बिहिबार

रुपन्देहीमा थप १ जना कोरोना संक्रमित महिलाको मृत्यु


मृत्यु

बुटवल, ४ कात्तिक । रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं ११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा बिहान मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार सोमबार कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरको सहायतामा सघन उपचार कक्षमा उपचार भइरहेको थियो ।

ती महिला मधुमेहकी दीर्घरोगी थिइन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यससँगै रुपन्देहीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको छ ।

रुपन्देहीमा थप १ जना कोरोना संक्रमित महिलाको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !