चितवन, कार्तिक ४ । चितवन जिल्लामा थप ८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका ४८ जनासहित थप ८१ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवन मेडिकल कलेजको ल्यावमा कार्तिक ३ गते २८२ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा ८१ वटा नमुनाको नतिजा पोजेटिभ र २०१ वटा नमुनाको नतिजा नेगेटिभ रहेको चितवन मेडिकल कलेजले जानकारी दिएको छ ।
कोरोना संक्रमण देखिएकाहरुमध्ये चितवनका ४८ जना, मकवानपुरका ३ जना, नवलपुरका १८ जना, तनहुँ, कास्की, पर्सा, रुपन्देही, काभ्रेपलान्चोक, बाँके, गुल्मी, बारा, डडेल्धुरा र पर्साका १/१ जना गरी १० जना रहेका छन् ।
यो पनि पढ्नुहोस्