चितवनका ३८ जनासहित थप ११६ जनामा कोरोना संक्रमण पुष्टि Nepalpatra चितवनका ३८ जनासहित थप ११६ जनामा कोरोना संक्रमण पुष्टि
१ कार्तिक २०७८, सोमबार

चितवनका ३८ जनासहित थप ११६ जनामा कोरोना संक्रमण पुष्टि


चितवन मेडिकल कलेज

चितवन, कार्तिक ३ । चितवन जिल्लामा थप ११६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका ३८ जनासहित थप ११६ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवन मेडिकल कलेजको ल्यावमा कार्तिक १ गते ३७६ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा ११६ वटा नमुनाको नतिजा पोजेटिभ र २६० वटा नमुनाको नतिजा नेगेटिभ रहेको चितवन मेडिकल कलेजले जानकारी दिएको छ ।

कोरोना संक्रमण देखिएकाहरुमध्ये चितवनका ३८ जना, मकवानपुरका ५५ जना, नवलपुरका १७ जना, लम्जुङ, तनहुँ, गोरखा, रौतहट, दैलेख र बर्दियाका १/१ जना गरी ६ जना रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !