काठमाडौँ, कार्तिक ३ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङमा पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । मन्त्री नेम्वाङले आफूमा कोरोना पुष्टि भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
‘ममा पनि कोरोना पोजिटिभ देखियो । यस बीच मसँग सम्पर्कमा आउनु भएका सबै महानुभावहरुले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु’, नेम्वाङले भनेका छन् ।
नेम्वाङ कोरोना संक्रमित हुने तेस्रो मन्त्री हुन् । यसअघि शिक्षामन्त्री गिरिराजमणि पोखरेल र पर्यटनमन्त्री योगेश भट्टराईमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
मन्त्री नेम्वाङको हिजो खोकी र ज्वरो देखिएपछि स्वाब संकलन गरिएको थियो । सामान्य लक्षणहरु रहेका मन्त्री मन्त्री नेम्वाङ क्वाटरमै होम आइसोलेसनमा बसेको बताइएको छ ।
आजको PCR परीक्षण रिपोर्टमा
म मा पनि कोरोना- पोजिटिभ
देखियो। यस बीच मसंग सम्पर्कमा आउनु भएका सबै महानुभवहरुले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु।— Basanta Kumar Nembang (@nembang_basanta) October 19, 2020
यो पनि पढ्नुहोस्