११ बैशाख २०८१, मंगलबार

मन्त्री योगेश भट्टराईमा कोरोना संक्रमण पुष्टि, स्वास्थ्य अवस्था कस्तो छ ?


योगेश भट्टराई ????????????????????????????????????

असोज २४, काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ । आज शनिबार कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको मन्त्री भट्टराईले बताएका छन् ।

मन्त्री भट्टराईले लेखेका छन् “गत सोमबार कोरोना परिक्षाण गर्दा रोपोर्ट नेगेटीभ आएको थियो । त्यसक्रममा काठमान्डौ बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो । आज शनिबार पुन: कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको भरखरै जानकारी पाएको छु। हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन् ।

केहि दिन यता मसँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु । मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी छु । होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो बिकल्प छ र ?”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !