१२ श्रावण २०८१, शनिबार

शिक्षा मन्त्री पोखरेलमा कोरोना संक्रमण पुष्टि


गिरिराजमणि पोखरेल

काठमाडौँ, असोज २५। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । हिजो शनिबार राति ज्वरो आएर पाटन अस्पताल भर्ना भएका मन्त्री पोखरेलको पीसीआर परीक्षण गर्दा आज आइतबार कोरोना पोजिटिभ देखिएको उनका स्वकीय सचिव पुरन खड्काले बताएका छन् ।

पाटन अस्पतालमै उपचाररत मन्त्री पोखरेलको स्वास्थ्य अवस्थामा केही सुधार भएको खड्काले बताए । उनका अनुसार मन्त्री पोखरेल अहिले पनि अस्पतालमै छन् ।

यसैबीच मन्त्री पोखरेलको सचिवालयले उनीसँग सम्पर्कमा आएका सबैलाई सतर्क र सुरक्षित हुन आग्रह गरेको छ । हिजो शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस्

मन्त्री योगेश भट्टराईमा कोरोना संक्रमण पुष्टि, स्वास्थ्य अवस्था कस्तो छ ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !