२० असार २०८१, बिहिबार

आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

काठमाडौँ, असोज २१ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३४३९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४२५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४२०९ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ११ लाख ३ हजार ४८५ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या २५००७ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा १०५९६ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा १४४११ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४१६४ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज १६८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १२९६ जना, ललितपुर जिल्लाका २९३ जना र भक्तपुर जिल्लाका ९५ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ११२६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ६८६६८ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को इलाममा १, उदयपुरमा ४, ओखलढुंगामा ४, खोटाङमा ३, झापामा २२, धनकुटामा ३, भोजपुरमा २, मोरङमा ३ सय २२, संखुवासभामा ३ र सुनसरीमा १ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश २

प्रदेश २ को धनुषामा १८, पर्सामा १५, बारामा १३, महोत्तरीमा ५, रौतहटमा ३४, सप्तरीमा ३३, सर्लाहीमा १७ र सिरहामा १५ जनामा कोरोना संक्रमण देखिएको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा १२९६ जना, काभ्रेपलान्चोकमा ५१, चितवनमा १३१, दोलखामा ६, धादिङमा १०, नुवाकोटमा ९, भक्तपुरमा ९५, मकवानपुरमा ९९, रामेछापमा ८, ललितपुरमा २९३, सिन्धुपाल्चोकमा ११ र सिन्धुलीमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा ३४, गोरखामा १३, तनहुँमा १३, नवलपरासी पूर्वमा १७, पर्वतमा ३, म्याग्दीमा २, लमजुङमा १९, बागलुङमा ३४ र स्याङजामा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश ५

प्रदेश ५ को अर्घाखाँचीका २, कपिलवस्तुका ३३, गुल्मीका ९, दाङका २४, नवलपरासीका १८, पाल्पाका १९, प्युठानका ३, बर्दियाका २२, बाँकेका १०६, रुकुम पूर्वका १, रोल्पाका २ र रुपन्देहीका १३० जना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको कालिकोटमा १, डोल्पामा १, दैलेखमा ५, रुकुम पश्चिममा ३, सुर्खेतमा ७८ र सल्यानमा ९ जनाका कोरोना संक्रमण देखिएको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको अछाममा ५, कञ्चनपुरमा ४, कैलालीमा २५, डडेल्धुरामा १, डोटीमा ३, दार्चुलामा ४८, बझाङमा १ र बैतडीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !