२२ बैशाख २०८१, शनिबार

चितवनमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला \

चितवन, असोज १६ । चितवन जिल्लामा थप १८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुरका १७ सहित थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी छिन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा असोज १६ गते १७० वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा १८ वटा नमुनाको नतिजा पोजेटिभ र १५२ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा चितवनका १८ जना रहेका छन् । कोरोना संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका १७ जना, राप्ती नगरपालिकाका १ जना रहेका छन् ।

चितवनमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !