काठमाडौँ, असोज १४। नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १५५९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७८१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२२०५ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १० लाख २१ हजार ५०३ पीसीआर परीक्षण गरिसकिएको छ ।
सक्रिय संक्रमितको संख्या २०८९१ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा १००८७ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा १०८०४ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५४२८ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा आज ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ६९७ जना, ललितपुर जिल्लाका ११२ जना र भक्तपुर जिल्लाका ९३ जनामा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा १०५७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ५६४२८ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको पुष्टि भएको छ ।
आज नेपालमा कोभिड-१९ को अवस्था
यो पनि पढ्नुहोस्
नेपालमा संक्रमितको संख्या ७६ हजार नाघ्यो, आज थपिए नयाँ १५१३ संक्रमित