७ कार्तिक २०७७, शुक्रबार

नेपालमा कोरोना जित्नेको संख्या ५६ हजार नाघ्यो, थप १०५७ जना कोरोना संक्रमणमुक्त



कोरोना संक्रमणमुक्त

काठमाडौँ, असोज १४ । नेपालमा पछिल्लो २४ घण्टामा १०५७ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ५६४२८ पुगेको छ । नेपालमा कोरोना जितेर ७२.५ % डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

काठमाडौं उपत्यकामा आज ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ६९७ जना, ललितपुर जिल्लाका ११२ जना र भक्तपुर जिल्लाका ९३ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ १५५९ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७८१७ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या ५५ हजार नाघ्यो, थप ७३१ जना कोरोना संक्रमणमुक्त



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं, कार्तिक ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने भएकी छिन् । कोरोना महामारीका कारण विगतका

काठमाडौं, कार्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) संक्रमितले आफ्नो उपचार गर्न सक्दिनँ भन्ने स्वघोषणा गरे खर्च

काठमाडौं, कार्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको दशैंमा सर्वसाधारणका लागि टीका नलगाइदिने भएका छन् । आज शुक्रवार

काठमाडौँ, कार्तिक ७ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा २३५७ जनासहित २७२० जनामा कोरोना भाइरस (कोभिड-१९)