११ बैशाख २०८१, मंगलबार

काठमाडौँमा ६९७ सहित उपत्यकामा आज ९०२ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं उपत्यका

काठमाडौँ, असोज १४ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा ६९७ जनासहित ९०२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ६९७ जना, ललितपुर जिल्लाका ११२ जना र भक्तपुर जिल्लाका ९३ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्ला दिनहरुमा राजधानी काठमाडौँमा संक्रमितको संख्या बढिरहेको छ । नयाँ कोरोना संक्रमितहरु कुन-कुन ठाउँका हुन् भन्ने जानकारी मन्त्रालयले दिएको छैन ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२२०५ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १० लाख २१ हजार ५०३ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या २०८९१ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा १००८७ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा १०८०४ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५४२८ जना रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ १५५९ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७८१७ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १०५७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ५६४२८ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौँमा ७४७ जनासहित उपत्यकामा आज एकैदिन ९३४ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !