२० असार २०८१, बिहिबार

आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?

काठमाडौँ, असोज १३ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १५१३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६२५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०८९१ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १० लाख ९ हजार २९८ पीसीआर परीक्षण गरिसकिएको छ ।

सक्रिय संक्रमितको संख्या २०३९६ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ९६८९ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा १०७०७ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५७७८ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ७४७ जना, ललितपुर जिल्लाका ११४ जना र भक्तपुर जिल्लाका ७३ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ७३१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ५५३७१ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को इलाममा १, उदयपुरमा २, ओखलढुंगामा १, झापामा ९,तेह्रथुमा २, भोजपुर १, मोरङमा १०१, सुनसरीमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश २

प्रदेश २ को धुनषामा १०, पर्सामा २३, बारामा ४, महोत्तरीमा २, सप्तरीमा ५, सर्लाहीमा ६ र सिरहामा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा एकैदिन ७४७ जना, काभ्रेपलान्चोकमा १३, चितवनमा ६२, धादिङमा ४, नुवाकोटमा ४, भक्तपुरमा ७३, मकवानपुरमा ६, रामेछापमा १, ललितपुरमा १ सय १४, सिन्धुलीमा ३ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा १६, गोरखामा २, तनहुँमा १७, नवलपरासी पूर्वमा १५, र स्याङजामा २ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश ५

प्रदेश ५ को कपिलवस्तुमा ११८, गुल्मीमा २, दाङमा ११, नलवपरासीमा ५, पाल्पामा ६, बर्दियामा १९, बाँकेमा ४१ ,रोल्पामा १ र रुपन्देहीमा ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको रुकुम पश्चिममा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ८, कैलालीमा २७, डडेल्धुरामा १, डोटीमा १ र बैतडीमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरणप्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण  प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

यो पनि पढ्नुहोस्

आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !