८ बैशाख २०८१, शनिबार

आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

काठमाडौँ, असोज ११ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १५७३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३३९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०१२३ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ९ लाख ८८ हजार ३२७ पीसीआर परीक्षण गरिसकिएको छ ।

सक्रिय संक्रमितको संख्या १९०१९ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ८३२१ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा १०६९८ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६२८१ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ६३३ जना, ललितपुर जिल्लाका १०४ जना र भक्तपुर जिल्लाका ७२ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ८८५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ५३८९८ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को झापामा ३, भोजपुरमा १, मोरङमा १ सय ५२ र सुनसरीमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश २

प्रदेश २ को धुनषामा १, पर्सामा १७, बारामा २०, महोत्तरीमा ३, रौतहटमा १६, सप्तरीमा ८, सर्लाहीमा १ र सिरहामा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा ६३३, चितवनमा ८३, धादिङमा १, नुवाकोटमा ३, भक्तपुरमा ७२, मकवानपुरमा १, रसुवामा १, रामेछापमा १, ललितपुरमा १ सय ४ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा २८, गोरखामा १, तनहुँमा ४, नवलपरासी पूर्वमा ८, लमजुङमा २०, बाग्लुङमा ३२ र स्याङजामा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश ५

प्रदेश ५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा ६, गुल्मीमा २, दाङमा ३०, नलवपरासीमा १, प्युठानमा २, बर्दियामा ३३, बाँकेमा ३३, रुपन्देहीमा ४७ र रोल्पामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको दैलेखमा ४, सल्यानमा १२ र सुर्खेतमा ७६ जनामा कोरोना संक्रमण देखिएको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा १३, डोटीमा १, बझाङमा २४ र बैतडीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

यो पनि पढ्नुहोस्

आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !