काठमाडौँ, असोज ११ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा ६३३ जनासहित ८०९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ६३३ जना, ललितपुर जिल्लाका १०४ जना र भक्तपुर जिल्लाका ७२ जनामा कोरोना संक्रमण देखिएको छ ।
हिजो काठमाडौं उपत्यकामा ७२४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्ला दिनहरुमा राजधानी काठमाडौँमा संक्रमितको संख्या बढिरहेको छ । नयाँ कोरोना संक्रमितहरु कुन-कुन ठाउँका हुन् भन्ने जानकारी मन्त्रालयले दिएको छैन ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०१२३ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ९ लाख ८८ हजार ३२७ पीसीआर परीक्षण गरिसकिएको छ ।
सक्रिय संक्रमितको संख्या १९०१९ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ८३२१ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा १०६९८ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६२८१ जना रहेका छन् ।
नेपालमा आज कोरोना संक्रमण नयाँ १५७३ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३३९४ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ८८५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ५३८९८ पुगेको छ ।
नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको पुष्टि भएको छ ।
यो पनि पढ्नुहोस्
काठमाडौँमा ५८३ जनासहित उपत्यकामा आज ७२४ जनामा कोरोना संक्रमण पुष्टि