२० मंसिर २०८१, बिहीबार

भान्छेमा कोरोना देखिएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा


पूर्णचन्द्र थापा

काठमाडौं, असोज ११ । नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बसेका छन् । प्रधानसेनापति निवासको भान्छामा कार्यरत १ जना भान्छेमा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा बसेका हुन् ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी प्रधानसेनापति थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी निर्देशिका र मापदण्ड अनुसार आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बसेको जानकारी दिएको छ ।

भान्छेमा कोरोना देखिएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !