७ मंसिर २०८१, शुक्रबार

सुदूरपश्चिमको कैलालीमा एकैदिन २४ जनामा कोरोना पुष्टि


सेती प्रादेशिक अस्पताल

धनगढी, असोज ८ । कैलाली जिल्लामा एकैदिन २४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह १:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप २४ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार ८ जना महिलाहरु र १६ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३४९ जनाको कोरोना परीक्षण गर्दा कैलालीका २४ जनामा कोरोना संक्रमण देखिएको हो ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टी

यो पनि पढ्नुहोस्

कैलालीका ३५ सहित सुदूरपश्चिममा थप ३६ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !