८ जेष्ठ २०८१, मंगलबार

कैलालीका ३५ सहित सुदूरपश्चिममा थप ३६ जनामा कोरोना पुष्टि


सेती प्रादेशिक अस्पताल

धनगढी, असोज ७। कैलाली जिल्लाका ३५ जनासहित सुदूरपश्चिम प्रदेशका थप ३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह ३:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३६ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार १० जना महिलाहरु र २६ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४२८ जनाको कोरोना परीक्षण गर्दा कैलालीका ३५ जना र कंचनपुरका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ३६ जनामा कोरोना संक्रमण पुष्टी

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !