२२ बैशाख २०८१, शनिबार

चितवनमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि


चितवन, असोज ५ । चितवन जिल्लामा थप २३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २२ सहित थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी छिन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा असोज ५ गते ३७२ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा २३ वटा नमुनाको नतिजा पोजेटिभ र ३४९ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ । कोरोना संक्रमण पुष्टि हुनेहरुमा चितवनका २२ जना र बाराका १ जना गरी २३ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेमा खैरहनी नगरपालिकाका १५ जना, भरतपुर महानगरपालिकाका ४ जना, रत्ननगर नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा खैरहनीका ७ महिने बालिका समेत रहेकी छिन् । यस्तै बाराको जितपुर-१५ का ६८ वर्षीय पुरुषको पनि संक्रमण पुष्टि भएको छ ।

चितवनका २२ सहित २३ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !