११ मंसिर २०८१, मंगलबार

गण्डकी प्रदेशमा थप ३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या संख्या ३४७८ पुग्यो


कोरोना भाइरस

पोखरा, असोज ४। गण्डकी प्रदेशमा आज दिउसो गरी थप ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४७८ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो १२:०० बजे र दिउसो १२:१५ बजे छुट्टाछुट्टै प्रेस बिज्ञप्ति जारी गर्दै १ जना र ३८ जना गरी ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज दिउसो १२:०० बजे अध्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १ जना कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा कास्कीको पोखरा महानगरपालिका-२८ का १९ बर्षीय पुरुष १ जना रहेका छन् । उनी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा कोरोना परिक्षण गर्न आएका हुन् । उनलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

आज दिउसो १२:१५ बजे अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३८ जना कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पुष्टि हुनेहरुमा तनहुँमा १७, बागलुङमा १४, कास्कीमा ४, स्याङ्जामा २ र गोरखामा १ जना रहेका छन् ।

बाग्लुङ जिल्ला, ढोरपाटन-१ का ब्यक्तिहरु नेपाल बैंक लि., हिमाल मेडिकल, भट्टराई ईलेक्ट्रोनिक्स, ढोरपाटन न.पा. कार्यालय, बुर्तिबाङ प्रा.स्वा.के., धौलागिरी होटेल, साईला होटेल, सिटी क्लिनिकमा कार्यरत हुन् । बाग्लुङ जिल्ला, ढोरपाटन-४ का ३१ बर्षीय पुरुष र गोरखा जिल्ला, सिरानचोक-६ का ३३ बर्षीय पुरुष गरी २ जना भारतबाट आई क्वारेन्टाइनमा बसेका हुन् । अन्य सबै संक्रमित कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा कोरोना पुष्टि

गण्डकी प्रदेशमा कोरोना पुष्टि

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा थप ३६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या संख्या ३४३८ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !