७ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशमा थप ३६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या संख्या ३४३८ पुग्यो


पोखरा, असोज ४। गण्डकी प्रदेशमा आज बिहान र दिउसो गरी थप ३६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४३८ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ९:०० बजे र दिउसो १:३० बजे छुट्टाछुट्टै प्रेस बिज्ञप्ति जारी गर्दै ६ जना र ३० जना गरी ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान ९:०० बजे अध्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ६ जना कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पुष्टि हुनेहरुमा कास्कीको पोखरा महानगरपालिकाका ६ जना रहेका छन् ।

कास्की जिल्ला, माछापुच्छ्रे-३ का ५७ बर्षीय पुरुष कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् भने अन्य सबै व्यक्ति पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा कोरोना परिक्षणको लागि आएका हुन् । सबै कोरोना संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

आज दिउसो १:३० बजे अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३० जना कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पुष्टि हुनेहरुमा लमजुङको सुन्दरबजारका १५ जना र कास्कीको पोखरा महानगरपालिकाका १३ जना रहेका छन् ।

कास्की जिल्ला, पोखरा महानगरपालिका-७ का ६ जना पुरुषहरु नेपाल प्रहरीमा कार्यरत रहेका छन् भने तनहुँ जिल्लाका दुबै जना महिला जी.पी. कोईराला राष्ट्रिय स्वाशप्रश्वास उपचार केन्द्र, तनहुँमा उपचाररत रहेका छन् । अन्य सबै संक्रमित कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा कोरोना पुष्टि गण्डकी प्रदेशमा कोरोना पुष्टि

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा थप ६६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या संख्या ३४०२ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !