२१ बैशाख २०८१, शुक्रबार

गण्डकीमा ६५ कोरोना सङ्क्रमित थपिए


पोखरा, २८ भदौ । गण्डकी प्रदेशमा आज बिहान मात्र ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो जानकारी अनुसार सङ्क्रमित सबै कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएका हुन् । योसँगै गण्डकीमा हालसम्म दुई हजार ९६८ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेशको पछिल्लो अपडेटमा थप २९ जनामा कोरोना पुष्टि भएसँगै एकै दिन ६५ पुगेको हो । ती मध्ये लमजुङको सुन्दरबजार १०, नवलपुरको विनयी त्रिवेणी ६, तनहुँको ब्यास एक, म्याग्दे चार, स्याङ्जाको गल्याङ एक, गोरखाको गोरखा नगरपालिका तथा भीमसेन गाउँपालिकामा सात गरी २९ जनामा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी प्रदेशमा ५६१ जना क्वारेन्टिनमा रहेका छन् भने सक्रिय केश एक हजार १८ रहेको छ । आजसम्म एक हजार ८६१ निको भएर घर फर्किएका छन् । गण्डकीमा हालसम्म २४ जनाको कोरोनाका कोरण मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !