३० कार्तिक २०८१, शुक्रबार

चितवनका १९ जनासहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि


चितवन मेडिकल कलेज

चितवन, भदौ २२ । चितवनमा थप ३० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका १९ जनासहित थप ३० जनामा संक्रमण पुष्टि भएको हो ।

हिजो आइतबार राति सार्वजनिक रिपोर्ट अनुसार भरतपुरका ११ जना रहेका छन् । जसमा ७ वर्षीय बालकदेखि ७२ वर्षीया महिलासम्म रहेका छन् । यस्तै रत्ननगरका ६ जना र खैरेनीका २ जना गरी चितवनका १९ जनामा संक्रमण पुष्टि भएको छ ।

साथै हेटौँडाका ६ जना, वकैया, मनहरीका १/१ जना गरी मकवानपुरका ८ जना, शुक्लागण्डकी र भानुका १/१ जना गरी तनहुँका २ जना तथा नवलपुर देवचुलीका १ जनामा संक्रमण पुष्टि भएको छ ।

चितवनका १९ जनासहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !