३० कार्तिक २०८१, शुक्रबार

गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३९७ पुग्यो


कोरोना संक्रमण C

पोखरा, भदौ १९ । गण्डकी प्रदेशमा आज दिउसो थप ४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २३९७ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो १:४५ बजे प्रेस बिज्ञप्ति जारी गर्दै ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज दिउसो अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा मनाङका १ जना, कास्कीका १ जना, स्याङ्जाका १ जना र गोरखाका १ जनामा कोरोना संक्रमण देखिएको हो । साथै अन्य प्रदेशका प्रयोगशालामा गरिएको परीक्षण प्रतिवेदन अनुसार नवलपरासी सुस्ता पूर्वका २४ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमण पुष्टि भएका मनाङ, चामेका १ जना नेपाल प्रहरीमा कार्यरत रहेका छन् भने गोरखा जिल्ला अजिरकोटका संक्रमित व्यक्ति भारतबाट आएका हुन् । अन्य सबै कोरोना संक्रमित व्यक्तिहरु कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् ।

नवलपरासी (ब.सु.पू) जिल्लाका अन्य प्रदेशका प्रयोगशालामा गरिएको परिक्षण उल्लेखित सबै संक्रमितहरुलाई आईसोलेसन केन्द्रमा राखिसकिएको छ भने अन्य सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

आज बिहान ६:१० बजे अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा आज बिहान थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २३५२ जना पुगेको थियो ।

गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३९७ पुग्यो

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३५२ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !