पोखरा, भदौ १७ । गण्डकी प्रदेशमा आज दिउसो थप १८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२६४ जना पुगेको छ ।
स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो १:३० बजे प्रेस बिज्ञप्ति जारी गर्दै १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।
आज बिहान अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १८ जनामा कोरोना संक्रमण देखिएको हो ।
सबै कोरोना संक्रमित व्यक्तिहरु कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । सबै संक्रमितहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।
गण्डकी प्रदेशमा आज बिहान ९:३० बजे अध्यावधिक विवरण अनुसार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२४५ जना पुगेको थियो ।
यो पनि पढ्नुहोस्
गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २२४५ पुग्यो