१२ बैशाख २०८१, बुधबार

गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २२४५ पुग्यो


कोरोना भाइरस

पोखरा, भदौ १७। गण्डकी प्रदेशमा आज बिहान थप ३५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२४५ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ९:३० बजे प्रेस बिज्ञप्ति जारी गर्दै ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३५ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिका-१७ मा कार्यरत २० जना कर्मचारीहरु, वडा नम्बर १३ र १४ का ३ जना, लमजुङको सुन्दरबजारका ४ जना र नवलपरासी सुस्ता पूर्व विनय त्रिवेणीका ५ जना, गैडाकोटका १ जना र देवचुलीका १ जना रहेका छन् ।

तनहुँ जिल्ला, सुक्लागण्डकी-१ का संक्रमित महिला पोखराको अमरसिंह चोकमा रहेको पार्कल्याण्ड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी (स्टाफ नर्स) हुन् भने कास्की जिल्ला, पोखरा महानगरपालिका-१७ का २० जना नेपाल प्रहरीमा कार्यरत प्रहरीहरु हुन् ।

लमजुङ जिल्ला, सुन्दरबजारका-२ का ५० बर्षीय पुरुष ओमानबाट फर्किएका नेपाली हुन् भने सुन्दरबजार-९ का ४९ बर्षीय महिला स्थानीय किराना पसल संचालक हुन् । अन्य सबै कोरोना संक्रमित व्यक्तिहरु कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । सबै संक्रमितहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २२४५ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !