काठमाडौँ, भदौ १४ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १२२१ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३८५६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२७१७ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ६ लाख ८२ हजार ३४३ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १७५१८ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा १०६१२ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ६९०६ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ७७९७ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा आज ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ३७२ जना, ललितपुर जिल्लाका १२ जना र भक्तपुर जिल्लाका ४५ जनामा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा २६७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २०८२२ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुगेको पुष्टि भएको छ ।
यो पनि पढ्नुहोस्
नेपालमा संक्रमितको संख्या ३७ हजार नाघ्यो, आज एकैदिन थपिए कोरोनाका नयाँ ८८४ संक्रमित