८ बैशाख २०८१, शनिबार

नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो


मृत्यु

काठमाडौँ, भदौ १४ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट ४ जना महिलाहरु र १० जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । उनका अनुसार मृतक महिलामा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १/१ जना गरी ४ रहेका छन् । यस्तै पुरुषमा महोत्तरी र रुपन्देहीका २/२ तथा सुनसरी, मोरङ, रौतहट, ललितपुर, भक्तपुर र नवलपरासीका १/१ जना गरी १० जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने ४ जना महिलाहरुमा सुनसरीकी ७४ वर्षीया, बाराकी ४७ वर्षीया, महोत्तरीकी ६२ वर्षीया र काठमाडौंकी ७२ वर्षीया महिला रहेका छन् ।

यस्तै मृत्यु हुने १० जना पुरुषहरुमा सुनसरीका ६० वर्षीय, मोरङका ६२ वर्षीय, महोत्तरीका ७० वर्षीय, महोत्तरीका ३५ वर्षीय, रौतहटका ३० वर्षीय, ललितपुरका २९ वर्षीय, भक्तपुरका ६५ वर्षीय, नवलपरासी पूर्वका ६२ वर्षीय, रुपन्देहीका ५७ वर्षीय र रुपन्देहीका ६७ वर्षीय पुरुष रहेका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २०० नाघ्यो

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !