१२ बैशाख २०८१, बुधबार

नेपालमा कोरोना जित्नेको संख्या २०८२२ पुग्यो, थप २६७ जना घर फर्किए


निको भएर घर फर्के

काठमाडौँ, भदौ १४ । नेपालमा पछिल्लो २४ घण्टामा २६७ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २०८२२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

काठमाडौं उपत्यकामा आज ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ३७२ जना, ललितपुर जिल्लाका १२ जना र भक्तपुर जिल्लाका ४५ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ १२२१ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३८५६१ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या २०५५५ पुग्यो, थप ३१३ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !