७ आश्विन २०८१, सोमबार

चितवनका १५ जनासहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि


चितवन, भदौ १३ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा २६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भदौ १२ गते मंगलवार गरिएको परीक्षणमा चितवनमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा शुक्रवार राति ९ बजेसम्म गरिएको परीक्षणमा चितवनको भरतपुर महानगरपालिका-६ र ८ का १४ जना, रत्ननगरका १ जना, मकवानपुरका १ जना, गोरखाका २ जना, नवलपुरका १ जना, सप्तरीका २ जना र दैलेख, गुल्मी, बारा, सुर्खेत र मोरङका १/१ जनामा संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ १२ गते २७५ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा २६ वटा नमुनाको नतिजा पोजेटिभ र २४९ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ । उनीहरुको नमूना भरतपुर अस्पताल स्वाब संकलन केन्द्र, बीपी कोइराला क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको थियो ।

चितवनका १५ जनासहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

चितवनमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !