१४ जेष्ठ २०८१, सोमबार

कर्णाली प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३४४ पुग्यो


गण्डकी प्रदेशमा थप १ जनामा कोरोना पुष्टि

सुर्खेत, भदौ ११ । कर्णाली प्रदेशमा आज दिउसो २५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३४४ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुखले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पताल, दैलेखमा गरिएको परीक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुर्खेतका २ जना, काठमाडौँका ३ जना, भक्तपुरका १ जना, रुपन्देहीका १ जना, सिन्धुपाल्चोकका १ जना, बाँकेका २ जना, सल्यानका १ जना, जाजरकोटका २ जना, दैलेखका १२ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई ६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २०२५ पुगेको छ भने ६ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल ३१३ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !